इटहरी-२० तरहरामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना एक युवकको मृत्यु भएको छ।

मंगलबार साँझ भित्री सडकखण्डबाट तरहरा बजारतर्फ आउँदै गरेको को ३८ प २००९ नम्बरको मोटरसाइकल आँफै अनियन्त्रित भएर सडकमा रहेको बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा भोजपुरको हतुवागढी गाउँपालिका वडा नं.५ का ३१ वर्षीय विजय राई (मुकेश) को मृत्यु भएको छ। उनी नेकपा एमाले हतुवागढी वडा नं.५ का अध्यक्ष हुन्।