नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले कर्मचारी व्यवस्थापन नहुँदा प्रदेशहरूमा शाखा विस्तारमा समस्या भएको बताएका छन्।
नागरिक लगानी कोष ३० औ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले कर्मचारी व्यवस्थापन नभएर शाखा विस्तारमा समस्या आएको भन्दै कर्मचारीहरूको मनोबल उच्च राख्नुपर्ने बताए।
उनले भने, ‘कर्मचारीको मनोबल उच्च राख्नुपर्छ भन्ने कुरामा यहाँको कार्यकारी निर्देशक, सञ्चालक समिति धेरै नै संवेदनशील रहेको छ। कर्मचारीको मोटिभेसन विना संस्थाले उन्नति प्रगति गर्न सक्दैन भन्ने कुरामा हामी सबै संवेदनशील भएर लागेका छौँ। शाखा विस्तारको कुरामा हामीले मधेस प्रदेशमा शाखा विस्तार गर्नुपर्छ भन्ने कुरामा काम गरिरहेका छौँ। अलिकति कर्मचारी व्यवस्थापनले हामीलाई अप्ठ्यारो पारेको छ।’
यसको साथै, उनले अनावश्यक बैंक खाताहरू क्रमिकरुपमा घटाउँदै गएको पनि बताए।
उनले भने, ‘अनावश्यक बैंक खाताहरू क्रमिकरुपमा घटाउँदै गएको छौँ। नागरिक स्टक डिलरको कुरा हाम्रो सिस्टर अर्गनाइजेसनले व्यवस्थापन गरेका छन्। हाम्रो ५१ प्रतिशत शेयर छ। त्यहाँबाट केही पनि रिटन आउन नसकेको भन्ने कुरा संवेदनशील रूपमा उठाउनु भएको छ।’