समर निरौलाको निर्देशनमा निर्माण भएको सिनेमा ‘ममी’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ।
सार्वजनिक दोस्रो पोस्टरमा अभिनेत्री प्रिंयका कार्की डर मिश्रित भावमा केही हेरिरहेकी छन्। उनको छेउमा कालो बिरालो समेत देखिन्छ।
पुरानो घरको अगाडि उभिएकी प्रिंयका र उनको पछाडि रहेको घरको भित्तामा राखिएको फोटो फ्रेममा अभिनेता तथा निर्देशक सुलक्षण भारती र बाल कलाकार आयुषी ढकाल र जेभिस श्रेष्ठको तस्बिर देख्न सकिन्छ। फोटो फ्रेमको काँच फुटेको देखिन्छ। त्यसबाट घरमा रहेको नकारात्मक शक्तिले आक्रमण गरेको बुझिन्छ। सिनेमाको सार्वजनिक यो पोस्टरले दर्शकमाझ सिनेमा प्रति कौतुहलता पैदा गर्ने विश्वास निर्माण टिमको छ।
हरर फ्यामिली ड्रामा सिनेमामा प्रियंकासँगै दिया मास्के, सुलक्षण भारतीको मुख्य भूमिका रहेको छ। सिनेमामा उनीहरूका अलावा समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गीत विष्टलगायतका कलाकारहरूको अभिनय रहेको छ।
सो ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको सिनेमामा समर निरौला र पूर्णिमा जोशीको लेखन रहेको छ। सिनेमाका निर्माता लोक राज जोशी तथा पूर्णिमा जोशी हुन भने कार्यकारी निर्मातामा सुमन कोइराला रहेका छन्।
‘ममी’को छायाङ्कन निशाल पौडेल र शरद महतोले संयुक्त रूपमा गरेका हुन् भने सम्पादन सुरेन महर्जनको रहेको छ। यसैगरी, पाश्र्व ध्वनिमा रोहित शाक्य, साउन्ड डिजाइनमा श्रवल आरपी, रङ्ग संयोजनमा दिपेश चौधरी तथा सङ्गीतकारमा एसडी योगी रहेका छन्।
सिनेमालाई काठमाडौँ उपत्यकामा काफिया फिल्मस् र मोफसलमा कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन्।