मुगु जिल्लाको लुमा आसपास केन्द्रविन्दु भएर आज (शुक्रबार) भूकम्प गएको छ।
स्थानीय समय अनुसार बिहान ८ः०३ बजे ४.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
पछिल्ला केही दिनयता सुदूरपश्चिम र कर्णाली प्रदेशका जिल्लाहरूमा लगातारजसो भूकम्प गइरहेको छ।