सङ्घीय संसद् प्रतिनिधिसभाका नवनियुक्त सचिव हर्कराज राईले पद तथा गोपनीयताको शपथ लिएका छन्।
मङ्गलवार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक कक्षमा सभामुख देवराज घिमिरेसमक्ष सचिव राईले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।
शपथ ग्रहण कार्यक्रममा उपसभामुख इन्दिरा राना, सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय लगायतको उपस्थिति थियो।
सभामुखको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलवार झापाको शिवसताक्षी नगरपालिका–२ निवासी राईलाई प्रतिनिधिसभाको सचिवमा नियुक्त गरेका थिए।