सुनसरीको धरान उप-महानगरपालिका-४ स्थितबाट लागुऔषध गाँजा बोकेको ग.२ च ८११७ नम्बरको कार सहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पुस १२ गते दिउँसो विशेष सुचानाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुको कमाण्डमा खटिएको प्रहरी टोलीले धनकुटाबाट धरान तर्फ आउँदै गरेको ग.२ च ८११७ नम्बरको कारलाई रोकी चेकजाँच गर्ने क्रममा कारको डिकी भित्र प्लास्टिकमा प्याक गरी लुकाई छिपाई राखेको ३७ किलोग्राम गाँजा बरामद गरेको हो।
गाँजा बरामद भएसँगै कार र चालक उदयपुर बेलका नगरपालिका-९ का २३ वर्षीय तीर्थ दर्जी र कारमा सवार वराहक्षेत्र नगरपालिका-१ का ४० वर्षीय कृष्ण बिसुङ्खे समेतलाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाही तथा थप अनुसन्धान भइरहेको छ।