उपकुलपतिमा बिहीबार दोस्रो कार्यकालका लागि पुन नियुक्ति भएका डा.सुवास श्री पोखरेलले मनमोहन प्राविधिक विश्वविद्यालयको गुणस्तर वृद्धि गराएर अन्तर्राष्ट्रिय बनाउन आफूले तयार पारेको मिसन २०७५ रणनीति पुरा गरेरै छाडने प्रतिबद्धता जनाएका छन्।
कोशी प्रदेश सरकारका मुख्यमन्त्री तथा विश्वविद्यालयका कुलपति हिक्मतकुमार कार्कीबाट ११ पुस बिहान पुन नियुक्ति भएर शपथग्रहण लिइसकेपछि पदभार ग्रहण गर्दै उपकुलपछि पोखरेलले आफ्नो दोस्रो चार वर्षे कार्यकालमा मिसन २०८५ राण्नीति सफल बनाएर सर्वोत्तम महतका लागि विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरको बनाएर छाडने प्रतिबद्धता जनाएका हुन्।

तयार पारिएको रणनैतिक प्रतिवेदन अनुसार आगामी मिसन २०८५ का लागि मनमोहनले थप १८ वटा पाठ्यक्रम निर्माण गर्नुपर्नेछ। पाठ्यक्रम निर्माणपछि ५ वटा विषयमा पिएचडी र १० वटा माष्टर्स र १२ वटा थप व्याचलर तहको कक्षा सञ्चालन गर्नेछ। यसैगरी विश्वविद्यालयलाई अनुसन्धानमूलक बनाउन विभिन्न १८ वटा ल्याबहरू निर्माण गर्नुपर्नेछ। जसमा वाटर, जडीबुटी, मेडिसिन, एनिमल देष्टिङदेखी फरेन्सिक, प्याथोलोजी, जेनेटिक्स, नेचुरोपेथी, वायोमडिकल, हाईभोल्टेज कन्ट्रोल, सुपर कम्प्युटर, हेमाटोलोजी, फिजियोथेरापी ईक्योलोजी लगायत ल्याबहरू रहेका छन्।
यसैगरी, मिसन २०८५ सम्ममा विश्वभरका १८ वटा विश्वविद्यालयसँग एमओयू गर्ने योजना छ। दक्ष विद्यार्थी उत्पादन गर्न विभिन्न देशहरूबाट कम्तीमा एउटा विषयमा एक जना विदेशी विज्ञ शिक्षक ल्याइने छ। यसबाहेक विश्वविद्यालयले आफ्नै तारा मण्डल निर्माण गर्नेछ भने साइन्स म्युजियम सहितको विज्ञान पार्क पनि निर्माण गर्ने योजना छ। सँगै मेडिकलतर्फको प्राविधिक विषय अध्यापक गराउनका लागि आफ्नै शिक्षण अस्पताल निर्माण गर्ने अनुसन्धान केन्द्रलाई अन्तराष्ट्रियस्तरको बनाउने, परिसरभित्रै स्विमिङ पुल, मेडिसिनल (जडीबुटी) गार्डेन निर्माण गर्नेदेखि फिजिकल फिटनेस सेन्टर स्थापना गरिसक्ने मिसन २०८५ को योजना छ। यसबाहेक एक हजार जना सहभागी हुने अडोटोरियम हल, पाँच हजार क्षमताको स्टेडियम निर्माण गर्ने अलग्गै टिचिङ ब्लकदेखि आफ्नै ग्रोसरी कम्प्लेक्स बनाउने मनमोहनको योजना छ। यसैगरी, विश्वविद्यालय क्षेत्रलाई मनमोहन स्मार्ट सिटीका रुपमा विकास गराउने, आफ्नै मनमोहन कानुन ब्लक बनाउने, एनिमल हाउस तयार गर्ने, इलेक्ट्रिक टेष्टिङ सेन्टर स्थापना गर्ने लगायतका कार्यभारहरू मनमोहनले लिएको छ।

मोरङको बुढीगंगा गाउँपालिका ४ हात्ती मुढामा केन्द्रीय कार्यालय रहेको मनमोहन प्राविधिक विश्वविद्यालयमा हालसम्म ‘इन्जिनियरिङ’, ‘मेडिसिन एण्ड एलाइड हेल्थ साईन्सेज’ अनि ‘स्कुल अफ एप्लाइड साइन्स, टेक्नोलोजी एण्ड ल’ गरी तीन वटा स्कुल छन्। जसमा सिभिल र इलेक्ट्रिक एण्ड ईलेक्ट्रोनिक्स स्नातक, औषधी विज्ञान (फार्मेसी) स्नातक, अस्पताल म्यानेजमेन्ट स्नातकोत्तर र कानुनमा स्नातक र स्नातकोत्तरको पठनपाठन भइरहेको छ। यसबाहेक तीन वर्षे डिप्लोमा तहमा आठ वटा विषयमा विभिन्न प्राविधिक विषयमा पढाई भइरहेको छ।
करिब २१ बिगाहा क्षेत्रफलमा फैलिएको यो विश्वविद्यालयको आफ्नो भौतिक संरचना ३० अर्ब बढीको रहेको छ। हाल यो विश्वविद्यालयको भौतिक आवश्यक चार तले पारा मेडिकल भवन र तीन तले साइन्स भवन निर्माण भैसकेको छ भने पाँचतले प्रशासनिक भवन धमाधम निर्माण भइरहेको छ। यस बाहेक यो विश्वविद्यालयको आफ्नै अनुसन्धान केन्द्र, आधुनिक विषयगत ल्याबहरू, भौतिक वस्तु परीक्षण गर्ने व्यावसायिक ल्याब अनि आधुनिक लाइब्रेरी र आफ्नै वर्कसपहरू सञ्चालनमा छन्।