हिमाली जिल्ला मुगुको मुगुमा कार्मारोङ्ग गाउँपालिका वडा.नं. २ मुगु गाउँमा चौरी तथा याकहरु केही साता यता अज्ञात रोगले धमाधम मर्न थालेपछि कृषकहरु निकै चिन्तामा छन्।
हिमाली क्षेत्रका स्थानीय नागरिकहरूको आय आर्जनको स्रोत तथा मुगु गाउँका स्थानीय नागरिकहरूको यातायातको साधन दैनिक जीवनमा प्रयोग गरिने खाद्यान्न, ढुवानी गर्ने मुख्य साधन नै चौरी र याक भएको हुनाले पनि कृषकहरु बढी चिन्तामा छन्।
चौरी र याकमा सुरुमा मुखबाट र्याल निकाल्ने, पातलो हरियो रङ्गको दिशा गर्ने, दिशामा हल्का रगत देखिने, घाँटी घ्यार्र घ्यार्र गर्ने, टाउको सुनिने, घाटी सुनिने एक ठाउँमा बसेको बसई हुने जस्ता लक्षण देखिने २४ घण्टा भित्रमा याक तथा चौरिहरुको मृत्यु हुने गरेको छ।
स्थानीय नजिकको सरकार मुगुमा कार्मारोङ्ख गाउँपालिकाको पशु शाखाबाट कर्मचारी आए पनि कुनै प्रकारको औषधी उपलब्ध नभएको र अन्य सरोकारवाला निकायहरूबाट पनि चौरीको उपचारको लागी पहल नभएको देखिन्छ।
यही रफ्तारमा याक र चौरीहरु मर्ने हो भने मुगालीहरुको घरवाहार विहीन हुने देखिन्छ। अहिलेको बजारमा प्रति ठुलो चौरी, याकको मूल्य १ लाख २० हजारसम्म पर्छ। यो पटकको अज्ञात रोगले मुगुको मुगुगाँउका चौरी कृषकको ठुलो क्षति भएको मुगुमा कामारोङ्ख २ मुगु गाउँका छोर्तेन लामाले बताएका छन्।
स्थानीयहरूले दूध खाने, मालसामान ढुवानी गर्ने यी चौरी र याक हुन सबै मरेपछि गाउँलेलाई ठुलो क्षति हुने देखिन्छ प्रत्येक घरका ४, ५ याक मर्ने गरेका छन्। अहिलेसम्म उपचार र औषधीका लागी स्थानीय सरकार गाउँपालिका र जिल्लामा रहेको पशु अस्पताल तथा पशु सेवा कार्यालयमा खबर गर्दा पनि कुनै निकायबाट सुनुवाइ नभएको गुनासो मुगुमा कार्मारोङ्ख मुगुगाँउका कार्मा छिरीङ्ख लामाले बताएका छन्।
गाउँपालिकासँग भएको जनशक्ति र औषधिले मात्र समस्या समाधान नहुने अवस्था छ। चौरीहरुको स्वाप सङ्कलन गरी ल्यापमा परीक्षणका पठाउनु पर्ने भएकाले त्यसको लागि आवश्यक उपकरण जनशक्ति गाउँपालिकामा नभएकाले जिल्ला भेटनरी तथा पशु अस्पताल गमगढी र प्रदेशलाई सहयोग आग्रह गर्दै पत्र पठाएको मुगुमा कार्मारोङ्ग गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास चन्द रावलले बताए।
पालिकाको पत्र पाउनासाथ घटना स्थल तर्फ हिँडेको भेटनरी तथा पशु अस्पतालको चिकित्सक सहितको टोली सिरानी चौरमा पुगिसकेको र माध्यमिक विद्यालय माग्रीमा पशु स्वास्थ्य प्राविधिक शिक्षा अध्यापन गराउने २ जना पशु चिकित्सक पनि पालिकाको आग्रह तथा समन्वयमा घटना स्थल तर्फ गएको छ।
तीन तिरबाट गरी अहिले मुगु गाउँ तर्फ ७ सदस्यको चिकित्सक तथा प्राविधिक टोली औषधि सहित गइसकेको छ चौरी हिमाल तिर रहने र गाउँमा नझरेकाले हिउँ पाटनहरूमा कति चौरी, याकहरु मरेका हुन यकिन डाटा आएको छैन।
अहिले सम्म अन्दाजी १ सय भन्दा बढी अज्ञात रोकबाट मरेको मौखिक खबर आएको हुँदा अहिले घटना स्थल तिर लागेको टोलीले यकिन डाटा र मर्नुको कारण पत्ता लगाउने पशु अस्पताल तथा पशु सेवा कार्यालय मुगुका पशुपन्छी विकास तथा उत्पादन शाखा मुगुका प्रमुख धन बहादुर बानियाले बताएका छन्।