झापाको बुद्धशान्ति गाउँपालिका–३ मा चार किलो प्रतिबन्धित लागुऔषध गाँजासहित २९ वर्षीया दुर्गा धिमाल पक्राउ परेकी छन्।
बुधबारे इलाका प्रहरी कार्यालयको टोलीले गए राति ११ः३० बजे धिमालको घरमा खानतलासी गर्दा सुत्ने कोठाबाट चार किलो गाँजा, नगद तीन लाख ६ हजार ८७० रुपैयाँ र भारु दुई हजार ३०० बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिए।
लागुऔषध कारोबार भइरहेको सूचना प्राप्त गरी प्रहरी टोली धिमालको घरमा पुगेको थियो। पक्राउ परेकी धिमाललाई धुलाबारी इलाका प्रहरी कार्यालयमा राखिएको छ।
घटनास्थलबाट गाँजा जोख्ने तराजु, ढक, लाइटर, प्याकेजिङ प्लास्टिक, चक्कु, कैँची, अचानो र हथौडा बरामद गरिएको प्रहरीले जनाएको छ।