बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर ५.२ म्याग्नेच्युडको भूकम्प गएको छ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शनिबार बिहान ४ बजेर १४ मिनेटमा भूकम्प गएको हो।

भूकम्प गएपछि क्षतिको के कति भयो, भन्नेबारेमा यकिनु हुन सकेको छैन।