बेलबारीमा नेकपा (एमाले), मोरङ जिल्ला कमिटीअन्तर्गतको स्कुल विभागले बेलबारी पार्टी कार्यालयमा दुईदिने सैद्धान्तिक÷वैचारिक प्रशिक्षण सम्पन्न गरेको छ । पहिलो दिन जिल्ला उपसचिव तथा स्कुल विभाग प्रमुख सोमराज थापाले ‘सामाजिक न्याय, समावेशीकरण तथा नेतृत्वको व्यहार’ एवं कोशी प्रदेश सदस्य नरेन्द्र बस्नेतले ‘नेकपा एमाले ः अबको बाटो’ शीर्षकमा प्रशिक्षण गरेका थिए । त्यसैगरी कोशी प्रदेश स्कुल विभाग सदस्य यज्ञ शर्माले ‘समृद्ध नेपाल, सुखी नेपालीको आधारभूत अवधारणा’ शीर्षकमा प्रशिक्षण दिएका थिए ।
दोस्रो दिन केन्द्रीय सदस्य तथा मोरङ इञ्चार्ज पूर्व प्रदेश मन्त्री जीवन घिमिरेले ‘माक्र्सवादी विश्व दृष्टिकोण, दर्शन, सिद्धान्त र व्यवहार’ विषयमा तथा जिल्ला सचिवालय सदस्य ईरानराईले ‘जबजको सिद्धान्त, नीति र कार्यक्रम’ विषयमा प्रशिक्षण दिएका थिए ।
जिल्ला अध्यक्ष बाबुराम कार्की भर्खरै केन्द्रीय सङ्गठन विभागले काठमाडौँमा सम्पन्न गरेको कार्यशाली गोष्ठीका बारेमा जानकारी दिँदै मोरङ जिल्ला कमिटीले १७ ओटा पालिका कमिटीहरूमध्ये १२ ओटा पालिका कमिटीहरूमा सम्पन्न प्रशिक्षण कार्यक्रमबाट एक हजार ४ सयभन्दा बढी कार्यकर्ताहरू प्रशिक्षित भएको जानकारी दिए ।
उक्त कार्यक्रममा केन्द्रीय सदस्य तथा मोरङ, क्षेत्र नं. ३ र ४ की इञ्चार्ज तथा पूर्व राष्ट्रिय सभा सदस्य नैनाकला ओझाले पार्टीको जग भनेको कार्यकर्ताहरू भएकोले कार्यकर्ताहरू सैद्धान्तिक, वैचारिक र व्यवहारिक रूपमा सबल हुनु आवश्यक रहेकोले प्रशिक्षण उपलब्धिमूलक भएको टिप्पणी गरिन् ।
उक्त कार्यक्रममा कोशी प्रदेश सदस्यहरू राजकुमार ओझा, ज्ञानेन्द्र सुवेदी, प्रदेश सल्लाहकारहरू देवीप्रसाद गौतम, शिष्प्रसाद बराल र पीपी थापामगर तथा जिल्ला उपाध्यक्ष शान्ति भुजेल चेम्जोङको आतिथ्य रहेको थियो ।
प्राविधिकमा जिल्ला सदस्य सञ्जोग लुइँटेल रहेको उक्त प्रशिक्षण कार्यक्रममा बेलबारी भूगोलमा रहेका जिल्ला कमिटी, नगरपालिका कमिटी र वडा कमिटीका पदाधिकारी गरी १ सय १० जना प्रशिक्षार्थीहरूलाई केन्द्रीय सदस्य नैनाकला ओझा र जिल्ला अध्यक्ष बाबुराम कार्कीले प्रमाणपत्र हस्तान्तरण गरेको बेलबारी नगरपालिका अध्यक्ष शङ्कर गुरुङले जानकारी गराए ।

