विराटनगर बसपार्कमा मङ्गलवार साँझ सिटी सफारी चालकलाई खुकुरी प्रहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा विराटनगर–११ का ‘टोले गुण्डा’ भनेर चिनिएका रेमन कट्टेल रहेका छन्।
उनले मङ्गलवार राति ९ बजेको समयमा बसपार्कमा विराटनगर–१२ का विजय कामतलाई खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ। खुकुरी प्रहारबाट कामत गम्भिर घाइते भएका छन्। उनको बायाँ हातको नाडीमा गहिरो चोट लागेको छ। उनको अहिले विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरीले जनाएको छ।