नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सविरुद्ध ब्याटिङ गरिरहेको कर्णाली याक्सले पहिलो पावरप्लेमा सुस्त सुरुआत गरेको छ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको कर्णालीले ६ ओभरको खेल सकिँदा दुई विकेट गुमाएर ३२ रन बनाएको छ।

कर्णालीबाट हाल क्रिजमा रहेका ओपनर देव खनाल र विलियम बोसिस्टो क्रमशः १७ र ६ रनमा खेलिरहेका छन्।

त्यसअघि, कर्णालीका अर्का ओपनर शिखर धवन पाँच र चान्डविक वाल्टन एक रन बनाएर आउट भएका थिए।