नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सलाई लुम्बिनी लायन्सले १७१ रनको विजयी लक्ष्य दिएको छ।
कप्तान रोहितकुमार पौडेल र टम मूर्सले चौथो विकेटका लागि १०८ रनको शतकीय साझेदारी गरेपछि लुम्बिनीले पोखरालाई १७१ रनको विजयी लक्ष्य दिएको हो।
त्रिवि मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७० रन जोड्यो। लुम्बिनीका लागि कप्तान रोहितले ९५ रनको पारी खेले। शतकबाट मात्र ५ रन टाढा रहेका रोहितले ५९ बलमा १० चौका र ४ छक्का हिर्काए।
टम मूर्सले ४५ रन जोडेको खेलमा सन्दीप जोरा १८ रनमा आउट भए। ओपनरद्धय आसुतोष घीरैया र उन्मुक्त चन्द शून्य रनमै आउट भएपछि रोहित र मुर्स मिलेर पालीसम्हालेका थिए।
बलिङमा पोखराका विपीन खत्रीले २ र म्याट क्रिट्ले एक विकेट लिए। योसँगै रोहित जारी एनपीएलमा सर्वाधिक व्यक्तिगत स्कोर बनाउने पहिलो खेलाडी बनेका छन्।
यसअघि जनकपुरका लाहिरु मिलान्थाले ७५ रनको व्यक्तिगत स्कोर बनाएका थिए।