बेलबारीमा ट्याक्टर पल्टिँदा एकजनाको मृत्यु भएको छ।
बेलबारी नगरपालिका–८ स्थित यमआई क्रसर उद्योगबाट सडक निर्माणमा प्रयोग हुने मसिनो गिट्टी लोड गरेर बाहिर निस्किने क्रममा को २ त ७५४८ नम्बरको ट्याक्टर पल्टिएर आईतबार ट्याक्टर चालक सुन्दरहरैँचा नगरपालिका–७ गछियाका २५ वर्षीय राजु तामाङको मृत्यु भएको हो।
गम्भीर घाइते भएका तामाङलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल पठाइएको थियो। उपचारका क्रममा उनलाई साँझ ५ः३० बजेतिर चिकित्सकले मृत घोषित गरेको प्रहरीले जानकारी दिएको छ। चालकको लापरबाहीका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।