रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा ५ जनाको मृत्यु भएको छ।
सुनछहारी गाउँपालिका वडा नम्बर-३ मा पुल निर्माणका क्रममा खाल्डो खन्ने क्रममा माथिबाट पर्खाल भत्किएर पुरिँदा ५ जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा सोही ठाउँका ४५ वर्षीय दुजमन परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुबित्रा परियार र २७ वर्षीया आईती परियार, ६६ वर्षीय देवीराम परियार रहेका छन्।