कञ्चनपुरमा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–८, तिलाचौरका ४८ वर्षीय नरेन्द्रसिंह विष्ट छन्।

श्रीमती ३० वर्षीया ज्योति विष्टको हत्या गरेको उनीमाथि आरोप छ। शनिबार (हिजो) राति उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ।

नरेन्द्रसिंहले मादकपदार्थ सेवन गरी हँसिया प्रहार गर्दा घटनास्थलमै ज्योतिको मृत्यु भएको भन्ने सूचनापछि खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।