यहि मंसिर १७ गतेदेखि बेलबारी ११ लक्ष्मीमार्गमा "बेलबारी खेलकुद प्रवर्द्धन तथा सांस्कृतिक महोत्सव - २०८१" हुने भएकाे छ । मङ्सिर १७ देखि पाैष ५ गतेसम्म महाेत्सवकाे आयाेजना गर्न लागिएकाे आयाेजक एल. एक्स. सिटी फुटबल क्लबले पत्रकार सम्मेलन मार्फत जानकारी दिएकाे छ ।
केही समय अघि क्लब मार्फत लक्ष्मीमार्गमै आयाेजना गरिएकाे साताैं गाेल्ड कपमा स्थानीय खेलाडीकाे न्यून उपस्थितिलाई मध्यनजर गर्दै महाेत्सवबाट संकलित रकमले खेलकुद एकेडेमी सञ्चालन गरि खेलाडी उत्पादन गर्ने मुख्य उदेश्यका साथ महाेत्सवकाे आयाेजना गर्न लागिएकाे महाेत्सव व्यवस्थापन समितिका सचिव राेशन कुमार श्रेष्ठले जानकारी दिए । त्यस्तै स्थानीय कलाकारको प्रतिभा प्रष्फुटनका लागि वातावरण सिर्जना गर्नु, स्थानीय जातजातीको खानपानको विशेषता चिनाउनु, बेलबारीलाई नेपालमै चिनाउन मद्धत गर्नु, विभिन्न जातजातीका संस्कृतिकाे संरक्षण र प्रवर्द्धनका लागि पनि महाेत्सवकाे आयाेजना गर्न लागिएकाे श्रेष्ठले बताए ।

संयाेजक लिम्बूकाअनुसार महाेत्सवकाे पहिलाे दिन चर्चित गायक सबिन राई एण्ड फ्याराे ब्याण्डकाे बेजाेड प्रस्तुति रहनेछ । महाेत्सवमा विभिन्न जातजातीका झाँकी सहितको सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिनेछ । महोत्सवमा ६५ लाख खर्च हुने र ७० लाख आम्दानी हुने अनुमान गरिएको छ।