भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्दैछन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार द्विवेदीले आज अपरान्ह साढे चार बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेटवार्ता गर्ने कार्यक्रम छ ।
बुधवार दिउँसो काठमाडौँ आइपुगेका द्विवेदीलाई बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले मानार्थ महारथीको दर्ज्यानी चिन्ह तथा खड्ग प्रदान गरेका थिए । नेपाली सेनाका परमाधिपति समेत रहेका राष्ट्रपति पौडेलले राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहबीच उनलाई दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।
नेपाल–भारतबीचको सैनिक सम्बन्धको निरन्तरता स्वरुप सन् १९५० देखि दुवै देशले एक अर्काका प्रधान सेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहिआएको छ ।