सहकारी ठगीमा पक्राउ परेका नेपाल प्रहरीका पूर्व डी.आई.जी छविलाल जोशीलाई बुधवार काठमाडौँ जिल्ला अदालतमा पेस गरिने भएको छ । 

उनलाई थप अनुसन्धानका लागि मंगलवार पोखराबाट काठमाडौँ ल्याइएसँगै बयानका लागि आज अदालतमा पेस गर्न लागिएको हो ।

जोशीविरुद्ध कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलन गरेको आरोपमा अनुसन्धान गर्न पक्राउ पूर्जी जारी भएको थियो । जोशीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पनि पक्राउ पूर्जी जारी भएको थियो ।