इलाका प्रहरी कार्यालय दमक, झापाले जुवा तास खेल्ने १८ जनाको समुहलाई पक्राउ गरेको छ ।

कात्तिक २२ गते झापा शिवसताक्षी नगरपालिका ११ नहर चौक स्थित चन्द्रमणी रिमालको घरमा  जुवा तास खेलीरहेका शिवसताक्षि-५का  मुकेश राउत, गौरिगंज गाउँपालिका-१ का ४७ वर्षिय हरी राजवंशी ,शिवसताक्षि-११का ६२ बर्षीय चन्द्रमणि रिमाल, ४५ वर्षिय राजेन्द्र बास्कोटा, ४९ वर्षिय दिपेन्द्र घिमिरे, ४७ वर्षिय राजेद्र बुबर, शिवसताक्षि-७ का ५४ वर्षिय छत्र बहादुर सोडारी, ६१ वर्षिय मणी खड्का, ३२ वर्षिय राजु दर्जी , ५१ वर्षिय तुला सुब्बा, ६९ वर्षिय सितारम कार्की, ४३ वर्षिय खडी बहादुर श्रेष्ठ, शिवसताक्षि-४ का २४ वर्षिय सेवराज राजवंशी  , ३६ वर्षिय रुप ना. साहा, ३५ वर्षिय मनोज साहा, शिवसताक्षि-९ का ३३ वर्षिय निरज दुलाल , ५६ वर्षिय मोहन प्रसाद दुलाल र शिवसताक्षि-६ का ४८ वर्षिय लोकनाथ दुलाललाई पक्राउ गरेको हो ।


प्रहरीले जुवाको खालबाट नगद ४ लाख ५४ हजार ५ सय  रुपैयाँ समेत बरामद गरेको छ । पक्राउ परेका उनिहरुको आवश्यक कानुनी कारवाही भईरहेको छ ।