यस वर्षको छठ पर्व सकिएको छ । आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ शुक्रवार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकिएको हो । 

छठ समापन र उदाउँदो सूर्यदेवको पूजाका लागि तराईका जिल्लाका विभिन्न नदी, तलाउ र पोखरीसँगै काठमाडौँ उपत्यका लगायतका क्षेत्रका नदी  तलाउ र पोखरीमा रातभर जाग्राम बसी शक्रवार बिहान अर्घ्य दिएसँगै छठ सकिएको हो । 

छठको मुख्य दिन बिहीबार अस्ताउँदै गरेको सूर्य तथा षष्ठी मातालाई अर्घ्य दिएका भक्तजनले बिहीबार बिहान उदाउँदो सूर्यको पूजा आराधना गरेपछि छठ समापन भएको हो । 

बुधवार सरकारले देशभर सार्वजनिक बिदा दिएको थियो । पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपासना गरी यो पर्व मनाइन्छ ।

अब छठी मातालाई लगाइएको प्रसाद आफन्तजनकहाँ लैजाने परम्परा रहेको छ ।