बेलबारी नगरपालिका–६ स्थित सोमबारे बोराबाँधमा केही दिनअघि प्रेसर कुकर विस्फोट भएर घाइते भएकी महिलाको मृत्यु भएको छ।

बोराबाँधकी ३८ वर्षीया सविना मगरको बिहिबार बिहान ८ बजे मृत्यु भएको हो। घरमा खाना पकाउने क्रममा गत कात्तिक ३ गते बिहान करिब ९ बजे प्रेसर कुकर विस्फोट हुँदा उनी घाइते भएकी थिइन्।

कुकरको सिट्ठीले निधारमा लागेर गम्भीर घाइते भएकी उनको विराटनगरस्थित विराट शिक्षण अस्पतालमा उपचारका क्रममा घटनाको १२ दिनपछि उनको मृत्यु भएको थियो।