नेचर हवर्स इन्टरनेशनल प्रालि र गोरखा ग्रुप अफ कम्पनी लिमिटेडका सञ्चालक एवं शेयरधनी रामबहादुर खनाल पक्राउ परेका छन्।

काठमाडौं महानगरपालिका ३, पानीपोखरीबाट पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाइएको प्रहरीले जनाएको छ। 

ठगी तथा संगठित अपराध कसुर मुद्दामा फरार रहेका उनलाई पक्राउ गरिएको हो।

रवि लामिछाने समेत भएको सूर्यदर्शन वचत तथा ऋण सहकारीमा रकम ठगी तथा सङ्गठित अपराध सम्बन्धी कसुर मुद्दाको अनुसन्धानको क्रममा उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।