दुई वटा संसदीय समितिको बैठक सोमबार बस्दै छ। जसअनुसार दिउँसो १ बजे संसदीय सुनुवाइ समिति (संयुक्त) बैठक बस्न लागेको हो। 
समितिको बैठकमा नेपालको प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरुका सम्बन्धमा प्राप्त उजुरी तथा सूचनाहरु खोली वितरण र छलफल गरिने तथा  प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरुले पेस गरेको कार्ययोजना समितिका सदस्यहरूलाई वितरण गर्ने र  प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ प्रक्रिया अगाडी बढाउन संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८० को दफा १५ बमोजिम कार्यतालिका तयार गरिने छ। साथै  सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरुको सुनुवाइ प्रारम्भ गरिने विषयमा छलफल हुनेछ। 
त्यस्तै, दिउँसो ३ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ।