मोरङको बेलबारी –१ मा अवस्थित सिसौली बचत तथा ऋण सहकारी सस्थाको ११आँै साधारणसभाले केदार प्रसाद प्रसाईंको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्य समिति निर्वाचित गरेको छ ।

आज शनिवार बेलबारी उद्योग बाणिज्य संघ  को प्राङ्गणमा भएको साधारणसभाले संचालक समिति र लेखा सुपरिवेक्षण समिति समेत गठन गरेको हो । नवगठित समितिको उपाध्यक्षमा सोभा प्याखुरेल , सचिवमा तारा देवी खातिवोड़ा र कोषाध्यक्षमा ख्याम राज बराल  चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा मान सिंह लिम्बु, होम बहादुर खुलाल, काल बहादुर बिस्वकर्मा, बसन्त बाहादुर बस्नेत र रिता बिस्वकर्मा चयन भएका छन् ।

साधारणसभाले सरोज सुबेदीको संयोजकत्वमा सन्तोष कुमार खड्का र अमिता गुरुङ सहित सर्वसम्मत तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति पनि गठन गरेको छ ।

सहकारीले निर्वाचनका लागि राजु परियार को संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो । जिल्ला बचत तथा ऋण सहकारी संघका सह–सचिव युबराज दाहालको प्रमुख आथित्यता तथा बेलबारी नगर सहकारी संजाल अध्यक्ष दुर्गा गौतमको विशिस्ट  आतिथ्यतमा सम्पन्न भएको थियो ।

संस्थाका अध्यक्ष केदार प्रसाद प्रसाईंले सहकारी संस्थाको मूल मर्म भनेको नाफामुखी नभई सेवा मुखी रहेको जिकिर गरे । यस संस्थाले नाफा आर्जन गर्ने क्रमभन्दा पनि सदस्यको हितमा केन्द्रीत हुँदै सदस्यहरुलाई बढी जिम्मेवार हुन र आत्मानिर्भर रहन तालिम, गोष्ठी, शिक्षा शिविर नियमित रुपमा सञ्चालन गर्दै आएको कुरा अवगत गराउदै गत आ.व. २०८०÷०८१ को अवधिमा संस्थाले उल्लेख्य मुनाफामा वृद्धि गर्न नसकेको बताए  । वार्षिक साधारण सभामा गत आर्थिक वर्षमा भएका गतिविधिहरुको मुल्यांकन र यथार्थताको चित्रण प्रस्तुत गरी अनुमोदन गराउनु मुख्य कार्य रहेको प्रसादको भनाइ छ । अनुत्पादक रुपमा रहेको पूँजीलाई एकीकृत गरी उत्पादनमूलक बनाउने प्रयत्नका साथ सदस्यहरुको जीवनस्तर उकास्ने आर्थिक साथीको भूमिका निभाउँदै आएको यस शिसौली साकोसलाई यो अवस्था  सम्म पुरÞ्याउन सम्पूर्ण सदस्यहरुको इमान्दारिता र संस्थाप्रतिको अदम्य विश्वास मूख्य कारक रहेको संस्थाको ठम्याई छ । 

sahakari

साधारण सभाबाट शेउअर सदस्यहरुको छोराछोरी हरुको शैशिक सत्र २०८० मा सम्पन्न प्रमाण पत्र तह उतिर्न्न  भएको मध्ये बाट उच्च अंक प्राप्त गर्ने १ छात्र र १ छात्रा लाई पुरस्कृत गरेको छ भने यसअघि पुरस्कृत नभएका जेष्ठ सदस्य १ जना महिल र  १ जना पुरुषलाई सम्मान र असल ऋणी १ जना पुरुष १ जना महिला, उत्कृट बचतकर्ता १ जना, उत्कृट शेयर सदस्य १ जना साथै सदस्यता वृद्धिकर्तालाई  पनि पुरस्कृत गरेको छ।  

त्रिवर्षीय रणनीतिक योजना अन्तर्गत सस्थाले केही महत्वकांक्षी लक्ष्य पनि राखेको सचिव तारा खतिवडाले जिकिर गरिन । सम्पत्ति तथा जायजेथा रु.१५०,००,००० पु¥याउने र सदस्यहरुलाई १५ प्रतिशत रकम शेयर लाभांशका रुपमा वितरण गर्न सक्षम हुने लक्ष्य राखिएको खतिवडाले बताइन  । त्रिवर्षीय रणनीतिक योजनाको मुख्य प्रक्षेपित लक्ष्यहरु तथा लक्ष्य शीर्षकगत त्रिवर्षीय रणनीतिक योजना मार्फत संस्थाको सञ्चालन हुँदा निश्चय पनि सस्थाले सेवा सुविधामा आशातित सुविधा प्राप्त गर्नेछौं भन्ने लागेको खतिवडाको विश्वास छ । हाल सस्थामा १२८ महिला र ११४ पुरुष गरि जम्मा २४२ शेयर सदस्य रहेको छन् ।