नेपाली बजारमा आज (बिहीबार) पनि सुनको मुल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मुल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

यसअघि आइतवार, सोमवार, मंगलवार र बुधवार पनि हालसम्मकै उच्च मुल्यमा सुनको कारोबार भएको थियो । बिहीबार सहित लगातार चार दिन सुनको मुल्यले ऐतिहासिक रेकर्ड बनाएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ६० हजार सात सय रूपैयाँ पुगेको छ ।  बुधवार सुन प्रतितोला एक लाख ६० हजार चार सय रूपैयाँमा कारोबार भएको थियो ।

यो मुल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला तीन सय रूपैयाँ बढी हो। त्यसैगरी, बिहीबार चाँदीको मुल्य भने स्थिर रहेको छ । बुधवार प्रतितोला १९ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।