काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न नेपाल प्रहरीलाई अनुमति दिएको छ।

साइबर ब्यूरोबाट खटिएको टोलीले उनलाई आइतवार दिउँसो भक्तपुरबाट पक्राउ गरेको थियो।

मेडिकल व्यवसायी प्रसाईं पछिल्लो समय राजसंस्था र हिन्दूराष्ट्र फर्काउने अभियन्ता बनेका थिए। उनी सार्वजनिक ठाउँमा विभिन्न ुअराजकु अभिव्यक्ति दिँदै आएका थिए। यही आधारमा उनीविरुद्ध मुद्दा परेको हो। 

प्रसाईंमाथि थप अनुसन्धानका लागि ५ दिनको म्याद थपिएको बताइएको छ।