नेपाल स्टक एक्सचेन्ज (नेप्से) उच्च अङ्कले घटेको छ।

साताको पहिलो दिन नेप्से परिसूचक ५०.७३ अङ्कले घटेर २६३७.७९ को विन्दुमा पुगेको हो।

आइतबार बजारमा २ करोड ४८ लाख ४६ हजार ७८२ कित्ता शेयरको खरिद बिक्री हुँदा १० अर्ब ३३ करोड ९२ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

अघिल्लो कारोबारका दिन गत बिहीबार मात्रै नेप्से ७८.३१ अङ्कले बढेर बन्द भएको थियो। 

आइतबार रिभर फल्स पावर, हिमालयन हाइड्रोपावर, रवा इनर्जी डेभलपमेन्ट लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको छ। यी कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन्।

त्यस्तै, थ्री स्टार हाइड्रोपावर लिमिटेडको शेयर मूल्य मात्रै १० प्रतिशतले घटेको छ। 

कारोबारका आधारमा सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ६४ करोड ३८ लाख ६६ हजार रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ। 

आइतबार बजार पुँजीकरण ४१ खर्ब ९४ अर्ब रुपैयाँ बढी रहेको छ।