पत्रकार तथा लेखक सुधीर शर्माका दुई पुस्तक एकसाथ विमोचन गरिएका छन्। आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै शर्माका पुस्तक ‘हिमालपारिको हुरी’ र ‘भिक्षु, व्यापार र विद्रोह’को विमोचन गरिएको हो। 

शर्माले नेपाल चीन सम्बन्ध र विगतको नेपाल भोट (तिब्बत) सम्बन्धमा केन्द्रित रहेर पुस्तक लेखेका छन्। 

पुस्तक नेपाली कांग्रेसका महामन्त्रीद्धय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र नेकपा एमालेका महासचिव शंकर पोखरेलले विमोचन गरेका हुन्। 

शर्माले ‘हिमालपारिको हुरी’मा शर्माले गणतन्त्रपछि फेरिएको नेपाल र चीनसँगको सम्बन्धबारे चर्चा गरेका छन् भने ‘भिक्षु, व्यापार र विद्रोह’मा नेपालको भोट र चीनसँगको सम्बन्धका इतिहास खोतल्ने प्रयास गरेका छन्। 

यसअघि प्रकाशित शर्माको किताब ‘प्रयोगशाला’ चर्चित पुस्तकका रुपमा चिरपरिचित छ।