विश्व सम्पदा सूचीमा सूचिकृत उतर–पश्चिमी चीनको कानसु प्रान्तीय थ्यानश्वी माइचिशान पहाडी गुफा निकै चर्चित मानिन्छ। 

चिनियाँ राष्ट्रपति सी चिनफिङले उक्त गुफाको अवलोकन भ्रमण गर्दै त्यहाँ देखिएका मौलिक र ऐतिहासिक कलाकृत्तिका बारेमा प्रशंसा गरे।

माइचिशान गुफाको इतिहास १६ यसय वर्षभन्दा पूरानो छ। उक्त गुफा चीनका चार प्रसिद्ध गुफाहरूमध्येको एक र पूर्वीय कुँदाइ कलाको प्रदर्शन पनि मानिएको छ।

उक्त स्थानमा २२१ गुफा, १० हजार ६००भन्दा बढी मूर्ति र एक हजार वर्गमिटरभन्दा बढी भित्तेचित्र छन्। भ्रमणका क्रममा राष्ट्रपतिले परम्परागत संस्कृतिको संरक्षणको महत्त्वमा जोड दिंदै ऐतिहासिक स्थलको संरक्षण गर्न नवीन विधिहरू प्रयोग गर्न आग्रह गरे।

उक्त उफा निकै विचित्रको मानिन्छ। गहुँको थुप्रो जस्तो देखिने पहाडमा खैरो रंगका चट्टानहरु देखिन्छन्। त्यसलाई चिनियाँ भाषामा ‘माइजिशान’नाम दिइएको छ, जसको अर्थ चिनियाँ भाषामा ‘गहुँको ढुङ्गा पहाड’ हो। जहाँ बर्षेनी हजारौं पर्यटकहरु पुग्ने गरेका छन्।