मोरङको विराटनगरबाट अनलाइन सट्टेवाजमा संलग्न दुई युवक पक्राउ परेका छन्। शनिबार जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका १२ बस्ने २० वर्षीय उत्सव अर्याल र १८ वर्षीय उत्कृष्ट अर्याललाई पक्राउ गरेको हो।
उनीहरुले विभिन्न अनलाइन एप्समार्फत अनलाइन सट्टेवाजसम्बन्धी गैरकानुनी क्रियाकलाप गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका युवकहरुको कोठाबाट १ थान कम्प्युटर सीपीयु, १ थान राउटर, २ थान मोबाइल समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
उनीहरुमाथि मुलुकी अपराध संहिता २०७४ बमोजिम सट्टेबाजी गर्न नहुने कसुरमा जिल्ला अदालत मोरङबाट म्याद थप गरी आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिएका छन्।