सुनसरीको कोशी गाउँपालिका–४ मा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १८ वर्षीय अक्रम मियाँ रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बिहीबार माछा मार्न गएका बेला हावाहुरीसँगै आएको चट्याङ लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा हिजो निधन भएको स्थानीय तजमुल मियाँले जानकारी दिए।

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवा सुनसरीमा राखिएको छ। अर्का स्थानीय हदिस मियाँ सोही घटनामा घाइते भएका थिए। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।