श्रमको खोजीमा विद्यार्थीका रूपमा रुस पुगेका १५० नेपाली युवा मस्कोमा बिचल्लीमा परेका छन्। रोजगारदाता विश्वविद्यालयमा पढ्ने र रोजगारीबाट पैसा कमाउने भनेर गएका उनीहरू काममा जोतिँदा कक्षा लिन सकेनन्, त्यसकारण उनीहरूको भिसा पनि नवीकरण नभएकाले अब न पढाइ न रोजगारीको अवस्थामा पुगेका छन्।
१० लाख रुपैयाँसम्म लगानी गरेर रुस पुगेका ती विद्यार्थी भिसा थप्न दलालको सहारा लिँदा ठगिएका छन्। ती विद्यार्थीबाट भिसा नवीकरण गर्ने भन्दै करिब ३ करोड ५० लाख रुपैयाँ उठाएर दलाल फरार छन्।