भोली मंगलबार विराटनगरबाट निकालिने ऐतिहासिक रथयात्रामा हेलिकप्टरबाट पुष्पवृष्टि गरिने भएको छ। ५६ औँ संस्करणको रथयात्रामा ईटहरीस्थित पूर्वी पृतना हेडक्वाटर नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिने रथयात्रा मुल समारोह समितिले जानकारी दिएको छ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यस अघि नै छलफल कार्यक्रममा हेलिकप्टरबाट पुष्पवृष्टि गर्नको लागी चासो देखाएका थिए। भोली दिउसो विराटनगर–१ स्थित राधाकृष्ण मन्दिर परिसरबाट रथयात्रा निकालिदै छ। यसपटकको रथयात्रालाई व्यापक र आकर्षक पार्नको निम्ति हेलिकप्टरबाट पुष्पवृष्टि गर्नको लागि नेपाली सेनाले अनुमति समेत लिईसकेको जनाइएको छ।