मानव बेचबिखन तथा ओसार पसार मुद्दामा विदेशी नागरिक सहित तिन जनालाई प्रहरीले पक्राउ गरेको छ।  प्रकाउ पर्नेमा सरु विक र भगवती अधिकारी रहेको प्रहरीले जनाएको छ।

१४ वर्षिया एक बालिकालाई “तिमी दुख पाउने केटी रहेछौँ, हामीहरुले चाईनिज नागरीकलाई चिनेका छौँ, तिमीले उसँग विवाह गर्यो भने तिम्रो भविष्य बन्छ भनि विभिन्न किसिमबाट ललाई फकाई गरि मानव बेचबिखन गरेको प्रहरीको भनाइ छ। 

विश्वास दिलाई चाइनिज नागरिकबाट आर्थिक लाभ लिई साउन १३ गते विवाह गराई कास्कीको पोखरा महानगपालिका वडा नं.६ लेकसाईड स्थित स्ट्रिट नम्बर ५ मा रहेको होटल मिराकलमा बन्धक बनाई राखेको अवस्थामा उद्दार गरिएको हो।

पीडितको आमाले पीडितलाई बेचबिखन गर्ने उद्देश्यले मलाई फकाई प्रलोभनमा पारी विवाहको नाटक गरी होटल कोठामा लगी बन्धक बनाई राखेका हुँदा कारबाही गरी पाँउ भनी मानव बेचबिखन तथा ओसार पसार कसूरमा साउन २९ गते कास्की कार्यालयमा जाहेरी दरखास्त पेश गरेकोले तत्काल प्रहरी कार्यालय कास्कीबाट अनुसन्धान टोली खटिई गई १ जना विदेशी नागरिक सहित ३ जनालाई पक्राउ गरेको हो।

जिल्ला अदालत कास्कीबाट मानव बेचबिखन तथा ओसार पसार मुद्दामा पाँच दिन म्याद थप गरी थप अनुसन्धान प्रकिृया अगाडी बढाईएको छ।