काठमाडौंको नयाँबानेश्वरमा गुडिरहेको एउटा बसबाट धुँवाको मुस्लो निस्किँदा केही बेर जनजीवन आतंकित बन्यो।
बानेश्वर चोक नजिकै पेट्रोल पम्पभन्दा केही अगाडिको सडकमा गुडिरहेको बसमा अचानक बाक्लो धुँवाको मुस्लो निस्किएको हो।
भक्तपुरबाट काठमाडौंको रत्नपार्क जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९५५४ नम्बरको बस नयाँबानेश्वरस्थित संसद भवनअगाडिको सडकमा पुग्दा घटना भएको हो।
बिहान पौने ११ बजेतिर धुँवाको मुस्लो देखिएपछि बस रोकेर सबै यात्रु झारिएको थियो।