मोरङको बेलबारी ८ राधानगरमा रहेको जनप्रेमी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना उपभोक्ताहरूलाई माटो संरक्षण तालिम प्रदान गरेको छ । शुक्रवार एक कार्यक्रमका बीच साकोसले उपभोक्तासँगै राधानगरका किसानसमेतलाई माटो बचाउ अभियान २०८० मा जोडेको हो । 

कार्यक्रममा माइण्ड पावर एण्ड करियर डेभ्लोपमेन्ट इन्टरनेशनल ट्रेनिङ  सेन्टरले प्राविधिक सहयोग गरेको थियो । हाम्रा खेतीयोग्य जमिन मासिँदै गएको, उर्वराशक्तिमा क्षय आएको समयमा यस किसिमका कार्यक्रम तथा तालिमले समाजमा सचेतना फैलाउन मदत पुग्ने माटो बचाउ राष्ट्रिय अभियानका संयोजक तथा तालिमका प्रशिक्षक बिपी रेग्मीको भनाई छ ।  

जनप्रेमी साकोसका अधिकांश सेयर सदस्य किसान रहेको अवस्थामा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यो तालिमको आयोजना गरिएको साकोसले जानकारी दिएको छ । आफ्ना सदस्यहरूको  जीवनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्य बमोजिम कार्यक्रम गरिएको साकोसका व्यवस्थापक गोविन्द खड्का बताउँछन् ।

jananan

तालिममा सहभागीहरूले सहभागिता पछि माटो महत्त्व बुझेको बताएका छन् । आफूहरूले अनजानमै गरिरहेको गल्तीबाट प्रकृतिलाई प्रत्यक्ष वा परोक्ष असर परिरहेको बोध तालिमले गराएको तालिममा सहभागी सेयर सदस्य उदय निरौला बताउँछन् ।

साकोसले आफ्नो सामाजिक उत्तरदायित्व पुरा गर्दै गर्दा संस्थाका सेयर सदस्य मात्र हैन स्थानीय किसानलेसमेत माटोको संरक्षणमा किसानको कस्तो भूमिका रहनुपर्छ भन्ने जानकारी पाएका छन् । कृषि प्रधान देशमा सरकार नै अग्रसर भएर सञ्चालन गर्नु पर्ने कार्यक्रममा स्थानीय संघसंस्थाले देखाएको सक्रियता प्रशंसनीय छ ।