संखुवासभाको चिचिला गाउँपालिका–२ आहालेमा चट्याङ लागेर ४३ वर्षीया सावित्रा गुरुङको मृत्यु भएको छ।
बुधबार राति करिब ११ बजे हावाहुरीसँगै आएको वर्षाको क्रममा परेको चट्याङ लागेर ४३ वर्षीया गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरी प्रमुख प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताएका छन् ।मृतकको शव पोस्टमार्टमका लागि बिहीबार जिल्ला अस्पताल ल्याइएको छ।