एकिकृत हातेमालो समाज नेपाल जेष्ठ नागरिक दिवा सेवा केन्द्र बेलबारी–७ बाहुनी शाखाले बेलबारी –७मा अवस्थित बाहुनी प्राथमिक स्वास्थ्य केन्द्र परिसरमा बृहत खुल्ला सरसफाई कार्यक्रम सम्पन्न गरेको छ। बाहुनी प्राथमिक स्वास्थ्य केन्द्रमा  हिजो आज बिरामीको चाप बेलबारी नगर अस्पताल संचालन मा आएदेखि घट्न थालेको छ। बिरामीको चाप घट्न थालेपछि केन्द्र को परिसर सरसफाई नहुदा झाडीमा परिणत हुदै गएको थियो ।  त्यसैलाई मध्ये नजर गर्दै एकिकृत हातेमालो समाज बाहुनी शाखाले सरसफाई अभियान थालेको छ।

सरसफाइमा एकिकृत हातेमालो समाज नेपाल जेष्ठ नागरिक दिवा सेवा केन्द्र बेलबारी–७ बाहुनी शाखाका प्रमुख दुर्गा गिरीले सेवाग्राही आउदा सफा हराभरा सुन्दर बातावरण संगै स्वास्थ्य केन्द्र बटा उपचार गरेर फर्किन  पाऔँ भन्ने उल्लेख गरिन।  

n03

त्यस्तै सरसफाईमा बेलबारी –७ का सहभागीहरु यो कार्य प्रशंसनीय रहेको र आउने दिन मा अरु संघ संस्थाहरुले पनि यस्ता किसिमका कार्य गर्न अनुरोध गरेका छन् । 

पहिले बाहुनी प्राथमिक स्वास्थ्य केन्द्र बेलबारी नगरपालिकाकै दक्षिण भेगको ठुलो र सेवाग्राहीहरुका लागि विश्वासिलो  स्वास्थ्य केन्द्रमा परिचित थियो।  हाल बेलबारी नगरपालिकाले  बेलबारी नगर अस्पताल संचालनमा ल्याए देखि पहिलेको तुलानामा धेरै कम  सेवाग्राही आउने गरेका छन्। बाहुनी प्राथमिक स्वास्थ्य केन्द्र प्रमुख चन्द्र दाहालका अनुसार बिरामीलाई जनशक्ति अभावका कारण पनि सोचे अनुसारको सेवा दिन सकिरहेका छैनौ।  हाल एक जना स्टाफ नर्स ,अहेब, अनमिको जनशक्ति भए हामीले सोचे भन्दा  बढी सेवा दिन सकिन्थ्यो । 

n02