झापा बिर्तामोड नगरपालिका ४ शिवनगर बस्ने ६७ वर्षीय विष्णुमाया विष्टको हत्या गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा विर्तामाड नगरपालिका ४ शिवटोल बस्ने २२ वर्षीय गंगाप्रसाद राजवंशी, सोही ठाउँ बस्ने २३ वर्षीय महेश राजवंशी, २१ वर्षीय वर्षा मुनदास राजवंशी, ३३ वर्षीय ज्याक भन्ने भगरथ माझी र अर्जुनधारा–६ बस्ने ४३ वर्षीय धनबहादुर कामी रहेका छन्। पक्राउ परेकाहरूले सुनका गहना तथा नगद लुट्ने उद्देश्यले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ। 

उनीहरूबाट सुनको हातमा लगाउने बाला १ थान, सुनको सिक्का भएको बेरुवा औँठी १ थान, सुनको जन्तर १ थान, मृतकले लगाएको सुनको सिक्री १ थान, कानमा लगाउने सुनको टप १ जोर, चाँदीको कलश १ थान बरामद भएको प्रहरीले जनाएको छ।  

उनीहरूमाथि मुलुकी अपराध संहिता २०७४ अन्तर्गत ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान एवम् कारबाहीका लागि जिल्ला प्रहरीले कार्यालय झापामा बुझाइएको ब्युरोले जानकारी दिएको छ।