जसपा अशोक राई पक्षको मधेस प्रदेश संयोजकमा अशोक यादव नियुक्त भएका छन्।
उनलाई सबैको समर्थनमा अध्यक्षमा नियुक्त गरिएको अध्यक्ष राईले बताए। वैशाख २३ गते अशोक राईले जसपा विभाजन गरेका थिए। राई पक्षले अहिले केन्द्रसँगै प्रदेश, जिल्ला र पालिकाहरूमा संगठन विस्तार गरिरहेको बताएको छ ।
मधेस प्रदेशका पूर्व सांसदसमेत रहेका यादव सर्लाहीको कबिलासी नगरपालिका सलेमपुरका हुन्।