बेलबारी : मोरङको बेलबारी नगरपालिका ७ स्थित रामजानकी आधारभूत विद्यालयका विद्यार्थीहरूका लागि निःशुल्क आँखा शिविर सम्पन्न गरिएको छ।

गैरसरकारी संस्था बाल ‘विकासका लागि सङ्गठन’ को आयोजना तथा जिल्लाकै सुन्दरहरैँचा नगरपालिका ८, सलकपुरस्थित अप्टिकल आँखा जाँच क्लिनिकको प्राविधिक सहयोगमा विद्यालयमा अध्ययनरत एक सय ८७ जना विद्यार्थीको आँखा निःशुल्क परीक्षण गरिएको आयोजक संस्थाका स्वास्थ्य कार्यक्रम प्रमुख सुजन भट्टराईले जानकारी दिए। उनका अनुसार परीक्षण गरिएकामध्ये तीन जनालाई निःशुल्क चस्मा वितरण गरिएको थियो भने दुई जनालाई थप उपचारका लागि अन्यत्र रेफर गरिएको थियो। रेफर गरिएका बिरामीको उपचारमा लाग्ने सम्पूर्ण खर्च संस्थाले नै बेहोरिदिने पनि स्वास्थ्य कार्यक्रम प्रमुख भट्टराईले प्रष्ट पारे।

rrrओर्किड नेपालले सुन्दरहरैँचाका दुई र बेलबारीका ६ गरी आठ सामुदायिक विद्यालयमा एक जनाका दरले स्वास्थ्यकर्मी स्थायी रूपमा परिचालन गरी विद्यार्थीको स्वास्थ्य परीक्षण तथा जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ। संस्थाले युरोपेली संस्था ‘सीपीसीएस’ को सहयोगमा कार्यक्रम सञ्चालन गर्दै आएको छ। सीपीसीएसले मुख्यतया सडक बालबालिकाको पुनःस्थापनाका लागि काम गर्दै आएको छ। सो संस्थाले बेलबारी २ स्थित लालभित्तीमा पनि एउटा सुरक्षित आवासगृह स्थापना गरी सडक बालबालिकालाई आश्रय दिँदै आएको छ।

hhhशिविर सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक जितेन्द्रकुमार चौधरीले आफ्नो विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी गरीब वर्गका रहेकाले उनीहरूले निजी अस्पतालमा चर्को शुल्क बुझाएर परीक्षण गराउन नसक्ने भएकाले संस्थासँग सहकार्य गरी शिविर सञ्चालन गराएको जानकारी दिए। संस्थाले विद्यालयको सरसफाइका लागि आवश्यक फिनेल, साबुनजस्ता सामग्री पनि उपलब्ध गराएको जानकारी दिँदै उनले स्थानीय सरकारबाट सहयोग माग्दा नपाएपछि निजी क्षेत्र गुहार्नुपरेको उल्लेख गरे।

hhhhसामुदायिक विद्यालयमा अध्ययनरत विपन्न परिवारका विद्यार्थीको स्वास्थ्य सुरक्षाका लागि सरकारले पनि नियमित रूपमा स्वास्थ्य शिविरजस्ता लोककल्यावणकारी कार्यक्रम सञ्चालनमा जोड दिनु आवश्यक छ।