झापाको बिर्तामोड–४ मा एक वृद्धा घरमै मृत अवस्थामा फेला परेको झापा प्रहरीले जनाएको छ। ६८ वर्षीया विष्णुमाया विष्टलाई गतराती चोरले रडले हिर्काएर हत्या गरेको हुन सक्ने आशङ्का गरिएको छ।

उक्त घटनास्थलमा झापाका प्रहरी प्रमुख मिलन केसी सहितको टोलीले घटनास्थललाई सुरक्षित राखि अनुसन्धान गरिरहेको छ। गतराती गाउँलेले चोर आएको थाहा पाएपछि लेखेटेका थिए, स्थानीय भन्छन् –त्यहि चोरले एक्लै बस्दै आएकी वद्धालाई रडले हिर्काएर हत्या गरेको हुन सक्छ। गतराती अबेरसम्म छोरासँग कुरा गरेर बस्नुभएको थियो, चोर आयो भन्ने पनि कुरा भएको थियो। बिहान दुखद् घटना सुन्नु परेको छ।

प्रहरीले घटना बारे थप अनुसन्धान गरिरहेको छ।