अभिनेता सलोन बस्नेत र उनकी श्रीमती करिश्मा केसीलाई पुत्री लाभ भएको छ। ललितपुरस्थित मेडिसिटी अस्पतालमा करिश्माले छोरीलाई जन्म दिएकी छिन्।
आज बिहान पौने आठ बजे तिर करिश्माले पहिलो सन्तानलाई जन्म दिएकी हुन्। सलोनका बुबा शोभित बस्नेतका अनुसार आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था राम्रो छ।
उनले भने, ‘नानी र आमा दुवैको स्वास्थ्य अवस्था ठीक छ। अस्पतालले हामीलाई बच्चा जिम्मा लगाइसक्यो।’
औँशीका दिन नातिनीको आगमनले शोभित खुसी छन्। उनी भन्छन्,‘आमाको मुख हेर्न नातिनी औँशीकै दिन आइन्।’
सलोन र करिश्मा ०७९ मङ्सिरमा विवाह बन्धनमा बाँधिएका थिए।