झापा प्रहरीले चालू आर्थिक वर्षमा ३५३ जना फरार प्रतिवादी पक्राउ गरेको छ।
झापा जिल्ला अदालतको फैसला कार्यान्वयन अन्तरगत जिल्ला प्रहरी कार्यालय झापाले जिल्लाका विभिन्न स्थानबाट फरार प्रतिवादीलाई पक्राउ गर्दै अदालत बुझाएको प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिनुभयो।
पक्राउ परेका उनीहरूबाट एक सय ४१ वर्ष ६ महिना २ दिन कैद र चार करोड ४० लाख बयानब्बे हजार दुई सय रुपैयाँ बिगो जरिवाना असुल हुने बताइन्छ। गत फागुन ६ गते यता मात्रै प्रहरीले ६६ वर्ष ४ महिना ३ दिन कैद र बयालिस लाख छयालिस हजार एक सय सन्तानब्बे रुपैयाँ बिगो जरिवाना कायम भएका एक सय ८८ जना फरार अभियुक्तलाई पक्राउ गरेको डीएसपी चन्दले जानकारी दिनुभयो।
प्रहरी कार्यालय झापामा एसपी मिलन केसीले नेतृत्व सम्हालेसँगै फरार प्रतिवादी पक्राउ र लागू औषध नियन्त्रणमा कडाइ गरेको छ।