'भेलु बाजे’ नामले चर्चित प्यूठान नगरपालिका–४ का मीनबहादुर बुढामगरको निधन भएको छ।

शरीर सुन्निने, हातका छाला उप्किने, हात गोडा काम्नेलगायतको समस्या रहेका बुढामगरको उपचारको क्रममा बिहीबार साँझ जिल्ला अस्पताल प्यूठानमा मृत्यु भएको हो।

अत्यधिक मदिरा सेवनका कारण कमजोर बनेका उनको शरीर सुन्निने, हातका छाला उप्किने, हात गोडा काम्नेलगायतका समस्या थिए। ६१ वर्षीय बुढामगरले ‘ओख्खो’, ‘बेल्कुल’ र ‘अनुरोध गरेको छु’ जस्ता थेगोले सामाजिक सञ्जालका माध्यमबाट ‘भाइरल’ थिए।

लोकप्रिय बन्दै गएपछि उनले केही हाँस्य टेलिशृंखलामा अभिनय र गीत गाउने समेत अवसर पाएका थिए।