झापाको झापा गाउँपालिका-५ बाट ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

शनिबार दिउँसो इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी गस्ती टोलीले संका लागी चेक जाँचको क्रममा मे.१० प ५६४२ नम्बरको मोटरसाईकलमा भारतबाट नेपाल आउदै गरेको अवस्थामा बाह्रदर्शी गाउँपालिका-४ का जफिर आलमको साथबाट १६ ग्राम ब्राउन सुगर र नगद ११ हजार रुपैयाँसहित पक्राउ गरेको हो।

प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका आलमको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।