बेलबारी, १४ बैशाख 

मोफसलमा कर दाता शिक्षा अभाव महसुस भएको भन्दै मोरङको बेलबारी स्थीत करदाता शिक्षा कार्यक्रम सम्पन्न भएको छ।
आन्तरिक राजश्व कार्यालय बिराटनगर र करदाता सेवा केन्द्र बिराटचोकले दुई दिने करदाता शिक्षा कार्यक्रम सम्पन्न गरेको हो।
बेलबारी उद्योग वाणिज्य संघको आयोजनामा बिहिवार र शुक्रवार दुई दिन करदाता शिक्षा कार्यक्रम सम्पन्न भएको हो। “स्वेच्छिक सहभागिता सहितको कराधारः दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार” भन्ने मुल नाराको साथ बिहिवार बेलबारी १ स्थीत उद्योग वाणिज्य संघको कार्यलयमा र शुक्रवार बेलबारी ७ बाहुनी बजार स्थीत एकिकृत हातेमालो समाजको हलमा कार्यक्रम भएको हो।
वषौँदेखी कर तिरिरहेको भएपनि यसअघि यसरी कर सम्बन्धी शिक्षा नपाएको बेलबारी ७ बाहुनीका व्यवसायी दिपक विश्वकर्माले बताए। दिनभरीको समय लगाएर बिराटचोक कर तिर्न जान बाध्य थियौँ, अव आफै अनलाईन बाट कर तिर्न र विवरण हाल्न सक्ने भयौँ बेलबारी ७ का निरज चौधरी बताउछन्। दुवै दिन पचास पचास जनाको संख्यामा भएको उक्त कार्यक्रम उपलब्धी मुलक बनेको आन्तरिक राजश्व कार्यलय बिराटनगरका कर प्रशिक्षक हरी प्रसाद सेढाईले बताए।
“सधैँ शहर केन्द्रित रहेर कार्यलयले यस प्रकारका कार्यक्रम संचालन गरिरहेता पनी मोफसलमा पहिलो पटक यस प्रकारको कार्यक्रम संचालन गरेको” सेढाई बताए।कर सम्बन्धी अपनाउनुपर्ने सर्तकताका बारेमा कार्यालयले प्रशिक्षण दिएको हो। बिहिवार बेलबारी नगरपालीका उपप्रमुख नितू थापाकोईराद्धारा उद्घाटन गरिएको उक्त कार्यक्रम शुक्रवार समापन भएको हो।
उक्त कार्यक्रममा व्यवसाय दर्ता, स्थायी लेखा नम्बर, युजर नेम र पासवर्डको प्रयोग, आयकर, मु.अ.कर, अन्तशुल्क, करपाटीको ढांचा, करको दर, मिसम्याच, जरिवाना, राजश्व भौचर दाखीला गर्ने तरिका, प्यान नम्बर स्थगन र पुन दर्ता सम्बन्धी करदाता शिक्षा प्रदान गरिएको बेलबारी उद्योग वाणिज्य संघका अध्यक्ष भेषकुमार श्रेष्ठ (अशोक)ले बताए।