सुनसरीको दुहबी नगरपालिका-८ स्थित जुटमिल नजिक कोशी राजमार्गमा ट्रकको ठक्करबाट १ जना पैदल यात्रीको मृत्यु भएको छ।

बिहिबार साँझ ७ बजे ईटहरीबाट विराटनगर तर्फ आउदै गरेको प्रदेश न.१-०२-००१ ख ९२६९ नम्बरको ट्रकले पैदल यात्री बारा घर भई हाल सुनसरी ईटहरी उपमहानगरपालिका-१३ हुलास वयर (फलाम) फ्याक्ट्रीका कामदार २२ वर्षीय सिकेन्दर राम चमारलाई ठक्कर दिई घाईते बनाएको थियो। घाईते चमारको उपचारको लागी कोशी अस्पताल विराटनगर पुर्‍याउन साथ मृत्यु भएको थियो।

घटनाको जानकारी पाउन साथ खटिएको प्रहरी टोलीले ट्रक नियन्त्रणमा लिएको छ। भने चालक फरार रहेकोले खोजतलास भईरहेको प्रहरीले जनाएको छ।